प्रचण्डले गरे संविधान संशोधनमा दबाब दिन आह्वान

काठमाडौं, साउन १७,– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्न दवाव दिन जनजाति समुदायलाई आह्वान गरेका छन् ।  अध्यक्ष प्रचण्डले उत्पीडित समुदायले आवाज उठाएमात्रै संविधान संशोधनको काम अघि बढाउन सहज हुने पनि स्पष्ट पारेका छन् ।

बिहिबार ‘नेपालमा संघीयताको कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउन बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नु परेको तर्क पनि गरे ।

अध्यक्ष प्रचण्डले मुलुकलाई अस्थिरताको अन्त्य गर्न एमालेसँग पार्टी एकता गर्न आफैले प्रस्ताव गरेको पनि स्मरण गराए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संघीयताको मर्मअनुसार सरकार चल्न नसकेको आरोप लगाए ।

उनले केन्द्र प्रदेश सरकारमाथि अत्याचार भईरहेको दावी गर्दै त्यसबारे स्पष्टिकरण दिन पनि सरकारसँग माग गरे ।  नेता श्रेष्ठले आफ्नो पार्टी सबै जातिजनजातिलाई एकतावद्ध बनाएर मुलुकलाई अघि बढाउन प्रतिबद्ध रहेको दावी पनि गरे ।  काँग्रेस नेता श्रेष्ठले सबै समुदायको माग सम्बोधन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि गरे ।

Recommended For You

Leave a Reply