छडा पशुकाे कारण सवारी दुर्घटना बढेकाे भन्दै गौर नगरपालिकाले शुरू गरे नियन्त्र अभियान

राैतहट , श्रावण १८। 

डा पशुकाे कारण सवारी दुर्घटना बढेकाे भन्दै गौर नगरपालिकाले नगरक्षेत्रका बाटोमा देखिने छडा पशु नियन्त्रणमा लिई जरिवाना गर्ने अभियान शुरू गरेकाे छ । नगर क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नको लागि गौर नगरपालिकाले नगरक्षेत्रका बाटोमा देखिने छडा पशु नियन्त्रणमा लिई जरिवाना गर्ने अभियान शुरू गरेकाे हाे । नगर क्षेत्र भित्रमा रहेका सार्वजानिक बाटोमा पशु चौपाया छोड़ने कार्यको निरुत्साहित गर्ने उदेश्यले नगरपालिकाले यस्तो अभियान शुरू गरेको उपप्रमुख िकरन ठाकुरले जानकारी िदनुभएकाेछ ।

गाईबस्तु ,बाख्रा , सुगुर , घोडा लगायतका घरपालुवा जनावर बाटोमा छडा घूमने गरेकोले त्यस कारन सवारी दुर्घटना हुने र मानिसको ज्यान सम्म जान सक्ने सम्भावना रहेकोले त्यस्ता पशूलाई पक्राउ गरी पशु धनि लाइ जरिवाना गर्ने गरेको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
मुख्य सड़क लगायत सहायक सड़कमा लावारिश रुपमा रहेको पशुको कारन सड़क दुर्घटना हुने गरेको बताउँदै यसलाइ नियन्त्रण गर्नको लागि नगरपालिका नगर प्रहरी परिचालन गरेको बताए ।
नगर प्रहरीले विहिवार बाटोमा रहेको ३७ बटा बाख्रा ,पाठो पाठी समातेर ल्याएको र पहिलो पटका चेतावनी स्वरुप १२ जना संग जनही ५० रुपैयाको दरले नगद जरिवाना असल गरिएको मेयर गुप्ताले बताए । उनले भने पहिलो पटका भएकोले व्यक्तिको हिसावले ५० रुपैया जरिवाना गरिएको हो ।
दोस्रो पटक बाटोमा पशु फेला परेमा प्रति पशु ५ सयको दरले जरिवाना गरिने मेयर गुप्ताले चेतावनी दिएका छन ।

Recommended For You

Leave a Reply