बालिका शिक्षामा लगानी गर्दै इशनाथ नगरपालिका , मेयर सन्तोष मेहताको पहलमा दुइ सय बालिका साइकल पाउँदै

रौतहट साउन १९

रौतहटको इशनाथ नगरपालिकाले बालिका शिक्षामा लगानी गर्दै साइकल वितरण सुरु गरेको छ l इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताको क्रियाशिलतामा इशनाथ नगरपालिकाका करिब २०० छात्राहरुलाई साइकल वितरण थालिएको हो l यस बर्ष नगरपालिका भित्र रहेका सबै ४ ओटै माध्यमिक बिद्यालयमा अध्यनरत २०८ जना छात्रालाइ साइकल वितरण गर्न लागिएको इश्नाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताउनु भएको छ l पहिलो दिन माध्यमिक बिद्यालय डुमरियामा कक्षा १०मा अध्यनरत ५२ जना छात्रालाइ साइकल वितरण गरिएको वहाले बताउनु भएको छ l बाकि साइकलहरु पनि क्रमश वितरण गर्दै जान्ने बताउदै मेयर सन्तोष मेहताले आफु बालिका शिक्षाप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ l इश्नाथ नगरपालिका भित्र मा बि औरिया , डुमरिया , मठिया र जोकाहा रहेको छ l मेयर मेहताले बालिका शिक्षालाई प्रवर्धन गर्ने उदेश्यली साइकल वितरण गरिएको बताउदै यसले बालिकाहरुलाई उच्च शिक्षा हाशिल गर्न मदत मिल्ने बिश्वास ब्यक्ता गर्नुभएको छ l मेयर मेहताले आफु आफ्नो कार्यकालमा इश्नाथ नगरपालिकाको चौतर्फी बिकाश गर्न चाहेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply