परोहा नगरपालीकामा सरोकारवालाहरु संगको अभिमुखिकरण सम्पन्न

चन्चल झा

रौतहट / साउन २०/

समाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रम अन्र्तगत रौतहटको परोहा नगरपालीकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार ग्रामिण विकाश केन्द्र नेपाल लौकाहा रौतहट तथा यु एन डि पी नेपालसंग भएको सम्झौता अनुशार समाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रम अन्र्तगत गठन गरिएको नगरपालीका स्तरिय परियोजना सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरु, कार्यपालीका सदस्यहरु त्था परोहा न.पा स्थित संचालनमा रहेको कक्षा १२ वा सो भन्दा माथिका युवा स्वमसेवकहरुको उपस्थितीमा परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालीका स्तरिय परियोजना सल्लाहकार समितिका संयोजकमा परोहा न.पा का नगर प्रमुख शेख वकिल,उप संयोजकमा सुगान्धि देवी,सदस्य सचिवमा प्रशासकिय अधिकृत देव नाथ यादव लगायत न.पा का प्रत्येक वडाका वडा अध्यक्ष सदस्य हुनेगरि गठन गरिएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा समाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमका उदेश्य,संचालनगर्ने बिधि,यसका लक्षितवर्ग,सहभागीहुने ब्यक्तित्वहरुको बारेमा बिस्तृत जानकारी परियोजनका कार्यक्रमका संयोजक सुनिलकुमार साह ले गराउनु भएको थियो । कार्यक्रममा सहजीकरण तथा विभिन्न प्रस्तुतिहरु ऋार डि सी नेपालका  मोमताज राय भाट तथा मदन रामले विस्तृत रुपमा छलफल तथा सामुहिक क्रियाकलाप गरि संचालन गर्नुभएको थियो । कार्यक्रमको प्रमुखअतिथि रहनु भएका परोह न.पाका प्रशासकिय अधिकृत  देवनाथ यादवले समापन कार्यक्रममा बोल्दै नगरपालिका भित्रका सबै कार्यक्रमहरु एकद्धार प्रणालीमा ल्याउने र यसले कार्यक्रम दोहरिने सम्भावना पनि कम हुने बताउनु भयो । नगर भित्रका सबै कामको  अनुगमन र निगरानी यो समितिले गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा ४६ जाना को उपस्थिति रहेको थियो।

Recommended For You

Leave a Reply