आर्थिक अनियमितता लुकाउन कटहरिया नपाका कर्मचारी द्धारा कार्यालयमा तालाबन्दी

नरेश कुमार पंडित

रौतहट, २० साउन ।
रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीहरु आर्थिक अनियमितता लुकाउन कार्यालयमा तालाबन्दी गरेर सिडिओ लाई गुहार्दै हिडेका छन ।
कटहरीया नगरपालिकामा गत आर्थिक बर्षमा विकास निर्माण लगायत विभिन्न शिक्र्षकमा भएको खर्चको विवरण प्रमुख प्रशासकीय अधिकृत र लेखापाल संग निर्वाचित जनप्रतिािनधिहरुले माग गर्दा हिसाब किताव नदिई उल्टै कार्यालयमा आईतवार ताला लगाएर सदरमुकाम गौर तर्फ हिडेका छन ।
आफुहरु लाई अभद्र ब्यवहार गरेको भन्दै कर्मचारीहरु उपमेयर नुरजहाँ खातुनका श्रीमान नसरुदिन अन्सारी माथी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन।

समयमा हिसाव किताव सवै देउ भन्दा पनि जनप्रतिनिधहरुलाई वास्ता नगर्दा लेखापाल राजेश्वर कुुश्वाहा विरुद्ध खनिएपछि कुश्वाहा सहित प्रमुृख प्रशासकी अधिकृत रामलाल सहनी लगायतका कर्मचारीहरुले आज दिउसो नगरकार्य पालिकाको कार्यालय कटहरियामा ताला लगाएर जिल्ला प्रशासन कार्यालयमा उपमेयरका श्रीमान अन्सारी र केही जनप्रतिनिधिहरुलाई कारवाही नगरे सम्म कार्यालयमा नजाने भन्दै सिडिओ समक्ष गुहार लगाएको श्रोतको दाबी छ ।
उपमेयर नुरजहाँ खातुन सहितका केही वडाध्यक्षहरु हिसावकिताव पादर्शी रुपमा जनता समक्ष प्रस्तुत गर्न भनेपनि लेखापाल कुश्वाहा नमान्दा जनप्रतिनिधहरु दवाव दिदा उल्टै कार्यालयमा बस्ने माहौल नरहेको तथा केही व्यक्तिलाई कारवाही गर्नका लागि कर्मचारीहरु गौर गएको श्रोतले बतायो ।
लेखपाल कुश्वाहा वडाअध्यक्षहरुको भत्ता बाड्ने क्रममा गत आर्थिक बर्षमा विभिन्न शिर्षकमा खर्च भएका रकमहरु सन्तोषजनक रहेको भन्दै वडाध्यक्ष तथा नगरपालिकाको जिम्मेवार पदाधिकारीहरुलाई झुक्याएर हस्ताक्षर गराइरहेको अवस्थामा आफूले विरोध गर्दा उनले हिसाव किताव नबुझाउने तिमीहरुलाई जे गर्नुछ त्यो गर भनेर बैठकबाट बाहिरिएको र आज उल्टै उजुरी गर्न गौर गएको सुन्दा आफू आश्चर्यचकित भएको उपमेयर नुरजहाँ खातुनले बताइन ।
प्रमुख प्रशासकीय अधिकृत सहनीलाई समेत लेखापाल कुश्वाहाले आफनो प्रभावमा पारी एक्लौटी रुपमा वडाध्यक्षहरुलाई प्रलोभन देखाएर पुरानो हिसावकितावहरु अनुमोदन गर्न खोज्दा खेरी पोल खुलेपछि अहिले कटहरिया नगरपालिकामा लेखापालको बिषयले जनप्रतिनिधिहरु आक्रोशित बनेका समेत उनले भनिन ।

Recommended For You

Leave a Reply