जनताको बीच राज्य मंत्री योगेन्द्र यादव , ए वन माछा पालन फार्मको निरीक्षण।

रौतहट साउन २०
प्रदेश नम्बर २ को भूमि व्यवस्था ,कृषि तथा सहकारी राज्यमंत्री .योगेन्द्र राय यादवले आफ्नो चुनावी क्षेत्रको चौतर्फी बिकाशको लागि पुनः प्रतिबद्धता ब्यक्त गर्नु भएको छ l आफ्नो निर्वाचन क्षेत्रको भ्रमणको क्रममा राज्य मन्त्रि यादवले नागरिकहरु संगको प्रत्यक्ष सम्बाद गर्दै त्यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो l आफ्नो निर्वाचन क्षेत्रको माधवनारायण नपाको फुलवरिया, गढो,लौकाहा, माधोपुर लगाएतका गाउहरुमा नागरिकसंग मन्त्रि यादवले निरीक्षण अबलोकन गर्नु भएको हो l सोहि क्रममा मन्त्रि यादवले फुल्बरियाको कुशवाहा चौक देखि गढ़ो सम्म जाने सडक बनाउने सहमति भएको मन्त्रि यादवले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ल यस्तै मन्त्रि यादवले ए वन माछा पालन को निरीक्षण पनि गर्नु भएको हो l मन्त्रि भैसके पछि पनि निरन्तर आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गर्दै आउनु भएका मन्त्रि यादव आफ्नो क्षेत्र माझ निकै लोकप्रिय नेता हुन् l वहा गत प्रादेशिक निर्वाचनमा संघिय समाजवादी गोराम नेपालको तर्फ बात रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख बिधान सभा क्षेत्र बाट प्रत्यक्ष निर्वाचित हुनु भएको थियो l

 

Recommended For You

Leave a Reply