इन्डोनेशिया: लोम्बोकमा अर्को ठूलो भूकम्प, ९० बढीको मृत्यु

इन्डोनेशियाको लोम्बोक टापुमा आइतवार फेरि शक्तिशाली भूकम्प जाँदा ९० जनाभन्दा बढीको ज्यान गएको आपत्‌कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन्।

७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ।

केन्द्रविन्दु

समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोक एक हप्ताअघि पनि भूकम्प गएको थियो।

अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पको केन्द्रविन्दु लोम्बोकको माताराम नगरदेखि १० किलोमिटर उत्तरतिर रहेको थियो।

Recommended For You

Leave a Reply