असिनाले नष्ट गरेको घरवार,चार महिना वितिसक्दा पनि पाएन मत्सरीवासीले क्षतिपुर्ति

चञ्चल झा रौतहट । साउन २२

आज भन्दा करिब ४ महिना अगाडी खसेको असिनाबाट पिडित भएकाहरुले अहिले सम्म त्यसको क्षतिपुर्ति पाएका छैनन् । कुनै समयमा बाढी,हवाहुरी र कुनै समयमा असिनाको कारण पिडा खेप्दै आएका मत्सरीवासीको असिना खसेर घरवार नष्ट भए पनि अहिले सरकारको ध्यान त्यता तर्फ जान सकेको छैन् । सुरुमा महाविनाशकारी बाढीको चपेटमा फंसेको मत्सरीवासी फेरी हवाहुरी र विनाशकारी असिनाको मारमा परेको थियो । आज भन्दा करिब चार महिना अगाडी अचानक हवाहुरी र वर्षा संगै खसेको असिनाले रौतहटका दुर्गाभगवति गाँउपालिका लगभग सबैवडाका स्थानियहरुको क्षति भएको थियो त्यसमा पनि गाँउपालिकाका वडा ३ मत्सरीमा सबै भन्दा बढी असिनाले क्षति पुर्याएको थियो । हरेक समयमा कुनै न कुनै समस्याका कारण पिडा खेप्दै आएका मत्सरीवासीलाई क्षतिपुर्ति दिनमा सरकारको तर्फबाट कुनै ठोस पहल नभएको कारण मत्सरीवासी धेरै नै समस्यामा रहेको स्थानियहरुको भनाई रहेको छ । असिना खसेको चार महिना वितिसक्दा पनि कुनै किसिमको क्षतिपुतिए न पाएको मत्सरीवासी आज वडाध्यक्ष धमे्रन्द्र कुमार झासंग आफुहरुको भएको क्षतिको लागि क्षतिपुर्ति उपलब्ध गराईदिनको लागि पुगेका थिए । यता वडाध्यक्ष डिके झासंग कुरा गर्दा हामीसंग भएको भए त्यही वेला उपलब्ध गराई दिन्थे भन्दै केन्द्र सरकार,प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसंग छिटो भन्दा छिटो असिनाबा भएको क्षतिको क्षतिपुर्ति उपलब्ध गराई दिनको लागि जोडदार मांग गरे । पहिला बाढी पिडितहरुलाई क्षतिपुर्ति दिनमा ढिलाई भयो अब फेरी असनिा खसेको चार महिना वितिसक्दा पनि सरकारको तर्फबाट कुनै ठोस पहल न हुनु दुर्भाग्यपुर्ण रहेको वडाध्यक्ष डिके झाले बताए । स्थानियहरुसंग कुरा गर्दै , हामी तपाईहरुको क्षतिपुर्तिको लागि निरन्त्तर पहल गरिरहेका छौ तर केन्द्रबाटै ढिलाई भएकोले समस्या उतपन्न भएको भन्दै फेरी पनि केन्द्र सरकारसंग छिटो क्षतिपुर्ति उपलब्ध गराई दिनको लागि हामी जोडदार मांग गर्दछौँ भने । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसंग कुरा गर्दा स्थानिय तहबाट तथ्यांक आईसकेको र हामी पनि पिडितलाई छिटै क्षतिपुर्ति उपलब्ध गराउनको लागि निरन्त्तर पहल गरिरहेको बताए । दिन प्रति दिन घाउ थपिएकोले सरकारले घाउमा मलहम लगाउने काम चाडै गर्नु पर्ने आवश्यकता रहेको देखिएको छ ।

Recommended For You

Leave a Reply