स्थानीय तहका एक प्रमुख जो मोटरसाइकल मै गर्छन सवारी

रौतहट , साउन २३
रौतहट जिल्लाका एक स्थानीय तहका प्रमुख अहिले सम्म पनि मोटरसाइकल मै सवारी गर्नुहुन्छ l रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिकाको प्रमुख अरुण साह आफ्नो कार्यकालको दोस्रो बर्षमा प्रवेश गरिसक्दा समेत मोटरसाइकलमै सवारी गर्नु हुन्छ l चुनाव जितेपछि जनप्रतिनिधिहरु तामझाममा ब्यस्त रहेको बेला गाउपालिका प्रमुख अरुण साहले उदहारनिय काम गर्नु भएको सोहि गाउपालिकाकाएक स्थानीयवासी चनरदेव गिरीले बताउनु भएको छ l सधै हासिलो मुद्रामा हुने गाउपालिका प्रमुख अरुण साह आफ्नो गाउपालिकामा निकै लोकप्रिया हुनुहुन्छ l आफुले पालिकाको बजेटको अधिकतम र नाग्रिक्मुखी खर्चको लागि गाडीको प्रयोग नरेको बताउने गाउपालिका प्रमुख साहले आवस्यकता अनुसार गाडीमा पनि चढ्न सकिने बताउनुहुन्छ l आफु समन्या परिवार बात जनताको मायाको सहाराले चुनाव जितेको र नागरिकले देखाएको हरेक बाटोमा हिड्न प्रतिबद्ध रहेको वहाले बताउनु भएको छ l

Recommended For You

Leave a Reply