पत्रकार अभिमनियु पटेल सम्मानित

रौतहट , साउन२४
रिपोटर्स क्लब रौतहटको अध्यक्ष अभिमन्यु पटेल सम्मानित हुनुभएको छ l प्रदेश नम्बर २ को बिरगंज बाट प्रकाशित हुँदै आएको भोजपुरी भाषाको दैनिक पत्रिका भोजपुरिया टाइम्सको चौथो बार्षिकोत्सवको अवसरमा बिरगंजमा आयोजित एक कार्यक्रमको बिचमा वहालाई सम्मान गरिएको हो l पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउदै समाजलाई सहयोग गरेको भन्दै पत्रकार अभिमन्यु पटेललाई सम्मान गरिएको आयोजकले बताउनु भएको छ l नेपालको एक मात्र पहिलो भोजपुरी भाषामा दैनिक रुपमा प्रकाशित हुने भोजपुरी टाईम्स पत्रिकाको चौथो वार्षिकत्सवको अवसरमा अमन पैलेस बिरगंजमा आयोजित कार्यक्रममा वहालाई सम्मान गरिको हो l सम्मान ग्रहण गर्दै पत्रकार अभिमन्यु पटेलले प्राप्त गरेको सम्मानले आफु माथि अझै ठुलो जिम्म्मेवारी सुम्पिएको प्रतिक्रिया दिनु भएको छ l

Recommended For You

Leave a Reply