क्राइम एक्सप्रेस पत्रिकामा प्रकाशित समाचार प्रति गौर नगरपालिकाको आपति , उपमेयर किरण ठाकुर सम्बन्धि खबर झुठो रहेको दाबि

गौर नगरपालिकाले क्राइम एक्सप्रेस दैनिक पत्रिकामा गौर नगरपालिका को उपमेयर किरण ठाकुर सम्बन्धि प्रकाशन गरेको समाचार प्रति आपति जनाएको छ l गौर नगरपालिकाका मेयर अजय गुप्ताले बिहिवार एक प्रेस बिज्ञंप्ति जारि गर्दै गौर नगरपालिकाको उपमेयर किरण ठाकुरको सम्बन्धमा प्रकाशित समाचार कपोलकल्पित र झुठो रहेको जनाएको छ l क्राइम एक्सप्रेस दैनिकको बर्ष ११ को अंक २३ मा प्रकाशित ” गौर नगरपालिकाको उपमेयर किरण ठाकुरको लिला ” र अंक २४ को सम्पादकीयमा रहेको ” उपमेयर ठाकुरको नालीबेली ” भन्ने शिर्षकको समाचार प्रति गौर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञंप्तिमा उल्लेख छ l गौर नगरपालिकाको बिकाश निर्माण तथा सामाजिक सुधारको काममा इमन्दार , निस्पक्ष र लगनशील भएर लागेकी उपमेयर ठाकुर प्रति लक्षित गरि प्रकाशित समाचार एक कुशल र कर्मठ जनप्रतिनिधिको चिरत्र हत्या गनेे प्रयास रहेकाे बताउनुभएकाे हाे।
आज विहिवार गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले एक प्रेश विज्ञप्ती जारी गर्दै, गौर ५ बाट प्रकाशित हुने क्राईम एक्सप्रेस दैनिक पत्रिकाले मिति २०७५ साउन २३ गते प्रकाशित गरेको गौर नगरपालिकाकी उप मेयर ठाकुर की नगरमा लिला र मिति २०७५ साउन २४ गते सोही पत्रिकामा सम्पादकिय उपमेयर ठाकुरी की नाली बेली शिर्षकको समाचार प्रति यस नगरपालिकाको गम्भीर ध्यानार्कषण भएको छ जनाएको छ । गौर नगरपालिकाको विकास तथा सामाजिक सुधार कार्यमा ईमान्दारिता, निष्पक्षता तथा लगनशिलताका साथ अहोरात खटी आउनु भएका जननिर्वाचित उप मेयरको चरित्र हत्य गर्ने कुत्सित मनसाय एवँ वदनियत राखी प्रकाशित गरेको तथा गौर नगरपालिकाको बजेट भागवण्डा तथा कमिसनको कुरा विल्कुलै निराधार भएको मेयर अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
साथै राज्यको चौँथो अंगको रुपमा मर्यादित पत्रकारिता पेश एवं संचार माध्यमको आवञ्छित रुपमा दुरुपयोग गर्दै जनमानसमा भ्रम फैलाउने कार्यको घोर भत्र्सना मेयर अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ । यस्तै बिज्ञंप्तिमा समाचारमा प्रकाशन गरेको तस्विर प्रति पनि गम्भीर आपति प्रकट गरेको उल्लेख छ l

Recommended For You

Leave a Reply