क्राइम एक्सप्रेस पत्रिकाले मेरो चरित्र हत्या गर्ने प्रयास गर्यो – उपमेयर किरण ठाकुर

रौतहट साउन २४
गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबि गर्नुभएको छ l रौतहट सदरमुकाम गौर बाट प्रकाशित हुने क्राइम एक्सप्रेस दैनिकमा प्रकाशित समाचार कपोलकल्पित , भ्रामक र झुठो रहेको बताउदै उपमेयर ठाकुरले सो कुरा बताउनु भएको हो l यस युवा अभियान अनलाइन पत्रिका संग कुरा गर्दै उपमेयर किरण ठाकुरले आफुले नगरवासीको जनभावना अनुसार काम गरेको अवश्थामा आफ्नो चरित्र हत्याको प्रयास भएको बताउनु भएको छ l वहाले नगरपालिकाको हरियाली प्रवर्द्धनको काममा आफुले २४ लाख रुपैयाको हिनमिना गरेकोको भन्नि प्रकाशित समाचार तथ्यहीन , भ्रामक र झुठो रहेको भन्दै यस्तो समाचारले सम्पूर्ण संचार जगतको बिस्वशनियतामा प्रश्न उठाउने बताउनुभएको छ l हरियाली प्रवर्द्धन कार्यक्रमको लागि गौर नगरपालिकाले आर्थिक बर्ष २०७४ / २०७५ मा २ लाख ९४ हजार रुपैया बिनियोजन गरेकोक थियो l सो काम गौर  एक सामाजिक संस्था एकीकृत दिगो बिकाश नेपाल नामक संस्थाले गरेको थियो l

Recommended For You

Leave a Reply