संघिय यूवा समाजवादी फोरम नेपाल रौतहटको भेटघाट तथा प्रशिक्षण कार्यक्रम चपुरमा सम्पन्न

श्रावण २४ गते, रौतहट ।

संघिय यूवा समाजवादी फोरम नेपाल रौतहटको भेटघाट तथा प्रशिक्षण कार्यक्रम चन्द्रनिगाहपुरको आर आर गेष्ट हाउसमे आज समपन्न भएको छ । फोरमको यूवा नेता राजकुमार दासको प्रमुख अतिथ्य तथा फोरमको यूवा जिल्ला अध्यक्ष कौशला खान मिथलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । मधेशवादी पार्टी मानिने फोरम नेपालले रौतहटमा पहिलो चोटी गैर मधेशीलाइ समेत पार्टीमा आबद्ध गर्न यस्तो भेटघाट आयोजना गरेको अध्यक्ष मिथिलाले बताउनुभएको छ ।यस्तै कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता राजकुमार दासले फोरममा गैर मधेशी युवाहरु पनि आउन चाहेको बताउनुभएको छ । अबको केहि दिनमै पहाडी समुदायबाट युवाहरु आफ्नो पार्टीमा प्रवेश गर्ने वहाले बताउनु भएको छ l कार्यक्रममा पार्टीको आगामी रणनीतिको बारेमा पनि छलफल गरिएको वहाले बताउनुभएको छ l कार्यक्रमा बिशिष्ट अतिथिको रुपमा जयनाथ यादव, तुफानी यादव, प्रेमशंकर यादव, शेख मस्तखीम आलम, खुर्सैद आलम लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

Recommended For You

Leave a Reply