कुनै पनि निकाय सबैको लागि बराबर हुन्छ ः प्र जि अ रिजाल

चञ्चल झा रौतहट । साउन २६

रौहतट जिल्लामा संचालनमा रहेको पहुँच परियोजना अन्तरगत सुरक्षा र न्यायको सवालमा संचारकर्मी र सरोकारवालाहरु विच संवाद कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रवार युके एडको सहयोगमा सर्च फर कमन ग्राउण्डको सहकार्य र नेपाल पत्रकार महासंघ रौतहटको आयोजनामा सुरक्षा र न्यायको सवालमा संचारकर्मी र सरोकारवालाहरु विच संवाद कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहको अध्यक्षतामा भएको संवाद कार्यक्रममा उपस्थित पत्रकारहरुले बोल्दै जिल्लाका स्थानियहरुको जुन हिसाब सुरक्षा र न्यायमा पहुँच हुनु पर्ने हो त्यो हिसाबले न रहेको भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । खास गरि प्रहरीमा र न्यालयमा बोलबाला हुने मान्छेहरुको धेरै नै पहुँच रहेको र हामी विपन्न र महिलाहरुलाई वास्ता नै न हुने गरेकोले हामी अन्यायमा पर्दै आएको जनगुनासोलाई उजागर गरिएको थियो । हुन यसलाई झुठो र बनावटी कुरा भन्न न मिल्ने हो तर सबै ठाँउमा यस्तो न भए पनि कुनै कुनै ठाँऊमा यस्ता प्रवृति हावी नै देखिन्छ । त्यो त्यस कार्यालयमा हुने अधिकारीमा समेत भर पर्ने जानकारहरुको भनाई रहेको छ । सम्बन्धित निकायमा सेवा दिने अधिकारी हो भने जनतालाई प्रत्यक्ष फाईदा हुन्छ र त्यसमै पदिय दायित्व न बुझ्ने अधिकारीबाट खास गरि विपन्न वर्गिय समुदाय पिडित हुने गरेको हो । सहभागीहरुबाट आएको गुनासो घटना स्थलमा प्रहरी पुगे पछि खाजा र पेट्रोल मांग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले खाजा र पेट्रोल मांग्ने काम एक दमै गलत हो । कुनै पनि निकाय सबैको लागि बराबर हुन्छ भन्दै भेदभाव गर्नु न हुनु पर्ने हो यदि कुनै ठाँउमा यस्तो भई रहे छ भने सम्बन्धित निकायलाई तुरुन्त खबर गर्नु पर्छ भने । कुनै पनि कर्मचारीले अथवा प्रहरीले जनतालाई दुख दिएको पाईएमा त्यसलाई कार्यवाही समेत गर्छौ बताए । कार्यक्रम र परियोजनाको वारेमा प्रकाश पार्दै सर्च फर कमन ग्राउण्डका रौतहट संयोजक पुनम ठाकुरले उपस्थित सबैलाई स्वागत समेत गरेका थिए । वरिष्ठ पत्रकार बिनय कुमार लाल दास संचलान गर्नु भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक,जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता प्र नि मनोज यादब, महिला तथा बालवालिका कार्यालय प्रमुख सावित्रा न्योपाने,वार एशोसिएसन रौतहटका प्रतिनिधि सुरेश तिवारी, नेपाल पत्रकार महासंघ २ प्रदेश सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष रजनी झा,सहित जिल्लाका विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply