१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी  नेपालमा पनि मनाइँदैछ ।  ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर यो  दिवस मनाइदै छ। रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले यो नारा तय गरिएको जनाइएको छ ।   दिवसका अवसरमा नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेको छ । विशेषत युवा नेतृत्व, दिगो विकासको लक्ष्य,  चेलीबेटी बेचविखन नियन्त्रण लगायतमा विभिन्न सेसनमा छलफल हुने परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  । युवाका सरोकारलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यस वर्ष युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा  तय गरेको छ । नेपालमा युवाको जनसंख्या सबैभन्दा बढी ४० दशमलव ३५ प्रतिशत छ । तरे युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा लाखौं युवा विदेशिन बाध्य छन् ।

नेपालमा  दिनहुँ १५ सय देखि २ हजार युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । लाखौं युवा श्रम बजारमा आउने गर्छन् तर वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । कामका शिलशिलामा अंगभंग तथा मृत्यु  नै हुने, घरेलु महिला कामदारमाथि हुने दुव्र्यवहार, श्रम नविकरण, तथा  पुन: श्रम स्वीकृतीमा समस्या, स्वास्थ्य, सुरक्षा तथा  पारिश्रमिक लगायतमा समेत समस्या भोग्न उनीहरु बाध्य छन् । ती युवाको समस्या समाधानका लागि सरकारले ठोस योजना ल्याउन नसक्दा  हजारौं युवा विदेशिन बाध्य छन् ।

रोजगारीमा हुने जोखिमपूर्ण र कठिन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

Recommended For You

Leave a Reply