बाग्मती नदीको तिब्र कटानले स्थानीय त्रसित

रौतहट  साउन २७   राम विश्वास मुखिया ,

बाग्मती नदीले तिब्र कटान गर्न थालेपछि रौतहटको दक्षिणी क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन । नदीले रौतहटको राजदेवी नगरपालिका अन्तर्गत वडा नम्बर ६ राजदेवी र ९ ब्रहम्पुरी को बीचमा कटान गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन । बाढी अाउने मुख्य समय साउन र भदौ बाकी रहेकै अवस्थामा नदीको कटानले स्थानीयहरू त्रासपूर्ण जीवन बिताउन बाध्य बनेका हुन । नदीले कटान गर्दै बाँधको ५० मिटर नजिक पुगेको छ । समयमै कटान रोक्ने उपाय अपनाइएन भने ठूलै समस्या निम्तिने खतरा बढेर गएको देखिन्छ । नदीको कटान रोकिएन भने राजदेवी नगरपािलकाको खासगरी ब्रहम्पुरी, लक्ष्मीपुर बेलविछवा,मुड्वलवा लगाएत दक्षिणी क्षेत्र बढी प्रभावित हुने देखिन्छ । रौतहटको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल,राजदेवी नगरपालिका प्रमुख धिरेन्द्र सिंह , उपप्रमुख अंशु कुमारी सिंह लगाएतको टोलीले अनुगमन गरेको ब्रहम्पुरीका दिनबन्धु सिंहले बताउनु भयो । उहाँहरूको अनुगमन पश्चात् कटान नियन्त्रणका लागि पायलिंग गर्ने कार्य शुरू गरिएको छ । बोरामा माटो हालि बाँसको सहयोगमा पायलिगं गर्ने कार्य भइरहेको छ ।

Recommended For You

Leave a Reply