
श्रावण २७ रौतहट अमित ठाकुर
क्राइम एक्सप्रेस दैनिक पत्रिकाको तत्कालीन सम्पादकले गौर नगरपालिका को उपमेयर किरण ठाकुर सम्बन्धि प्रकाशन गरेको समाचार प्रति घोर आपति जनाएको छ l क्राइम एक्सप्रेस दैनिक पत्रिकाका सम्पादक रजनी झाले हिजो अाफ्नो फेसबुक अाईडीमा घोर अापति गर्दै गौर नगरपालिकाको उपमेयर किरण ठाकुरको सम्बन्धमा प्रकाशित समाचार बिना मेरो जानकारीको सम्पादकीयमा प्रकाशकले समाचार प्रकाशन गरिएको थियो। क्राइम एक्सप्रेस दैनिकको बर्ष ११ को अंक २३ मा प्रकाशित ” गौर नगरपालिकाको उपमेयर किरण ठाकुरको लिला ” र अंक २४ को सम्पादकीयमा रहेको ” उपमेयर ठाकुरको नालीबेली ” भन्ने शिर्षकको समाचार प्रति तत्कालीन सम्पादक झाको गम्भीर ध्यानाकर्षण भए पछि अाफ्नो फेसबुक अाईडीमा घोर अापति जनाउँदै सम्पादक पदबाट राजिनामा दिएकी छिन l गौर नगरपालिकाको बिकाश निर्माण तथा सामाजिक सुधारको काममा इमन्दार , निस्पक्ष र लगनशील भएर लागेकी उपमेयर ठाकुर प्रति लक्षित गरि प्रकाशित समाचार एक कुशल र कर्मठ जनप्रतिनिधिको चिरत्र हत्या गनेे प्रयास रहेकाे र म संग बिना अनुमति लिई सम्पादकीयमा समाचार प्रकाशन गरिएको प्रति घोर अापति जनाएको साथ साथै राजिनामा दिएको छु।