समाजको रुपान्तरणमा सहजकर्ताको भूमिका महत्वपुर्ण – आर डी सी अध्यक्ष पारस हुसैन

रौतहट साउन २७
ग्रामिण बिकाश केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले समाजको रुपान्तरणमा सहजकर्ताहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ l आइतवार देखि चन्द्रनिगाहपुरको होटेल अल्पाइन मा सुरु भएको रुपान्तरण तालिमको उद्घाटन गर्दै अध्यक्ष पारस हुसैनले समाजको परिवर्तन र रुपान्तरणमा सहजकर्ताहरुले खेल्दै आएको भूमिका सराहनीय रहेको बताउनु भएको छ l समाजमा रहेका कुरिती र कुसंस्कारलाई हटाउन अझ सशक्त भूमिका आवस्यक रहेको बताउदै अध्यक्ष हुसैनले बदलिदो परिवेशमा महिला र बालिकाहरुकोक असुरक्षा बढ्दै गएको बताउनुभएको छ l महिला र बालिकामाथि बढ्दै गएको विभेद र असुरक्षाले सम्पूर्ण मानव जातिलाई नै लज्जित तुल्याएको बताउदै वहाले बिकाश र समृद्धिको लागि पनि बालिका शिक्षा आवस्यक रहेको बताउनु भयो l आफु हरुले बिधालय क्षेत्र बाहिर रहेका हजारौ बालिकाहरु लाइ बिधालय भर्ना गराउन सफल भएको बताउदै यो सबै सहजकर्ताहरु कै मेहनतको प्रतिफल रहेको बताउनु भयो l अक्सफाम नेपालको सहयोग र ग्रामिण बिकाश केन्द्रको आयोजनामा रौतहटमा संचालित महिला र बालिका माथि हुने हिंशा बिरुद्धको अभियान परियोजना अन्तर्गत कार्यरत सहजकार्ताहरुको लागि ५ दिने रुपान्तरण र नेतृत्व बिकाश तालिम सुरु भएको हो l

Recommended For You

Leave a Reply