सन्दिप, सोमपाल र ज्ञानेन्द्र आइसिसि एकदिवसीय बरियतामा

टिम समावेश हुन अझै दुई खेल बाँकी

नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियतासार्वजनिक गरेको छ।

सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।

२ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७औं स्थानमा परेका छन्।

यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा र समान २ खेलबाट एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा समावेश छन्।

नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।

यस्तै नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ।

केही दिनअघि आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए।

 

Recommended For You

Leave a Reply