आत्मरक्षाको विधि सिक्दै रौतहटका किशोरी

 

रौतहट , साउन २८ ।

किशोरी र महिलाहरुको बढ्दो असुरक्षाका बीच रौतहटका किशोरीहरु आत्मरक्षाको उपाय सिक्न थालेका छन् l महिला तथा बालिका हिंसाका घटनाहरुमा वृद्धि भइरहेको बेला रौतहटका किशोरीहरुले आफ्नो सुरक्षा गर्ने विधि सिक्न जुटेको हो । रौतहटका बिभिन्न स भाग हरुबाट छानिएका करिब ३ दर्जन किशोरीहरु पहिलो चरणमा तालिम लिएको नेपाल रेडक्रस सोसाइटीका धर्मेन्द्र सिंहले जानकारी दिनुभएको हो l
बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी रौतहट र यूनएफपी को सहयोगमा रौतहटका विभिन्न स्थानीय तहका किशोरीहरुलाई आत्मरक्षाको विधि सिकाइएको हो ।
रौतहटको उतारी क्षेत्र पौराई, कनकपुर र मध्ये क्षेत्रका धरहरी, जेठरहिया, बसन्तपट्टी, बैरिया लगायतका स्थानका किशोरी समूहका सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम लिएका यी सहजकर्ताहरुले गाँउघरमा रहेको आफ्नो समूहका किशोरीलाई तालिम दिने छन् ।पछिल्लो समयमा एक्लै हिँडडुल गर्दा, विद्यालय जाँदा वा सार्वजनिक बसहरुमा यात्रा गर्दाको कतिपय अवस्थामा किशोरीहरु हिंसाको शिकार हुने गरेको र आत्मरक्षाको विधि थाहा नहुदा हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको अवश्थामा यस्तो तालिम अति नै प्रभावकारी रहेको किशोरीहरुले बताएका छन् ।
प्रतिकार गर्ने तरिका र विधि थाहा नहुदा हिंसा गर्नेको मनोबल समेत बढने गरेको उनीहरुले बताए । आफूहरुले तालिमबाट धेरै कुरा सिकेको र अब कसैले हिंसा गर्न खोजेमा सजिलै प्रतिकार गर्न सक्ने बैरियाकी अम्बिका ठाकुरले बताइन् ।
यसै गरी हिजोका दिनमा भएका हिंसाका घटना अब कहि कतै दोहरिन नदिन आफूहरुले आफ्नो समूहका किशोरीहरुलाई सचेत बनाउने र उनीहरुलाई पनि आत्मरक्षाका विधिहरु सिकाउने बसन्तपट्टीकी प्रियंका सिंहले बताइन् । आफूहरुले पहिले कहिले पनि यस्तो तालिम नलिएको र अब किशोरीहरु हिंसाको शिकार हुन नपर्ने सिंहले बताइन् ।

यस्तो तालिमले किशोरीहरुको आत्म बिस्वाश बढ्ने यूनएफपीएका कार्यक्रम विज्ञ भवनाथा झाले बताउनुभएको छ । विद्यालय स्तरमा पनि किशोरी आत्मरक्षाका कार्यक्रमहरु अगाडि बढाउन जरुरी रहेको उनले बताए । किशोरीहरुलाई संजु महर्जन, नेवाङ लामा र पद्म खयरगोली (श्रेष्ठ) ले प्रशिक्षण दिएका थिए ।

Recommended For You

Leave a Reply