
रौतहट साउन ३०
रौतहट सदरमुकाम गौरमा रहेको जुद्ध उच्च माध्यामिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले घुस लिएको आरोपमा अख्तियारको टोलीले वहालाई पक्राउ गरेको हो l उनले निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियारले निगरानी बढेको र सोहि क्रममा घुस लिने अवश्थामा अख्तियारको टोलीले वहालाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बुधवार वहालाई नियन्त्रण मा लिएर कारवाही अगाडी बढाएको बताएको छ ।पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक हुन् । तर, हालसालै उनले सहायक लेखाका रुपमा काम गरिरहेका थिए ।