देवाही गोनाही नगरपालिकामा नेपाल बंगलादेश शाखाको उद्घाटन

रौतहट , साउन ३०
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नेपाल बंगलादेश बैंकको शाखाको उद्घाटन भएको छ l देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले सो बैंकको शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो l सरकारले लिएको हरेक स्थानीय तहमा बैंक स्थापना गर्ने नीति अनुरुप देवाही गोनाही नगरपालिकामा सो बैंकले आफ्नो शाखा बिस्तार गरेको हो l शाखा कार्यालयको उद्घाटन गर्दै मेयर धर्मेन्द्र पटेलले बैंकको बिस्तार संगै आफ्नो नगरपालिका पनि समृद्धिको बाटोमा अगाडी बढ्ने बिस्वाश ब्यक्त गर्नुभएको छ l कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर पटेलले लामो समय पछि आम नागरिकले पाएको स्थानीय सरकारले गम्भीर भएर काम गरिरहेको बताउनु भएको छ l स्थानीय सरकार जनताको सब भन्दा नजिकको सरकार रहेको भन्दै मेयर पटेलले आफु हर समय जनताको समृद्धि र बिकाशको लागि काम गरिरहेको बताउनु भयो l मेयर पटेलले बैंकको काम मा सघाउन आफुहरु तयार रहेको बताउदै यसको बिकाश संगै आफ्नो नगरपालिकाले पनि बिकाश गर्ने बताउनु भयो l नेपाल बंगलादेश बैंकका सी इ ओ ज्ञानेन्द्र ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मेयर धर्मेन्द्र पटेल, उपमेयर परनिया देवी , वार्ड अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो l मेयर पटेल संघिय समाजवादी फोरम नेपालको जिल्ला अध्यक्ष समेत रहनु भएको छ l

Recommended For You

Leave a Reply