प्रधानमन्त्रि के पी शर्मा ओलीको सम्बोधन रा ज पा सांसदहरु द्वारा बहिस्कार , कालो झण्डा देखाउने आधा दर्जन युवा प्रहरी नियन्त्रणमा

जनकपुर , भदौ २
प्रदेश नम्बर २ को प्रदेश सभालाइ सम्बोधन गर्न जनकपुर पुग्नु भएका प्रधानमन्त्री सहितको टोलीलाई युवाहरुको एक समुहले कालो झन्डा देखाएको छ l मधेश आन्दोलनको क्रममा मधेश प्रति पुर्बग्राही भएको र मधेशको मांग पुरा गर्न अनुदार भएको भन्दै युवाहरुको समुहले प्रधानमन्त्री के पी शर्मा लाइ कालो झण्डा देखाएको हो l कालो झण्डा देखाउने क्रममा करिब आधा दर्जन युवाहरु लाइ प्रहरीले पक्राउ गरेकोछ l पक्राउ पर्ने युवाहरुमा प्रशान्त झा , संजय यादव , कमलेश यादव , पंकज साह , आदित्य नेपाल , आशुतोष झा लगायतका हरु रहेका छन् l
यसै गरि सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई रा ज पा का सांसदहरु बहिष्कार गरेको छ l प्रदेश सभामा सम्बोधन चलि रहदा प्रदेश सांसदहरु उपेन्द्र महतो , बिक्की यादव , गौरी नारायण साह लगायतका हरुले बहिस्कार गरेका हुन् l सांसद रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध गरेका हुन् । विरोधका बीच सभामुखले ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए l
यसअघि ओली जनकपुर विमानस्थलमा पुग्दा राजपाका मन्त्री जितेन्द्र सोनल बाहेक अरु मन्त्री अनुपस्थित थिए ।

Recommended For You

Leave a Reply