परोहा नगरपालिकाको अर्को नमुना काम , जनता संग कर नलिने निर्णय

रौतहट, ४ भाद्र ।
रौतहट जिल्लाको परोहा नगरपालिकाले करमा छुटको घोषणा गर्दै अर्कोक नमुना काम गरेको छ l देशै भर स्थानीय तहहरुले विभिन्न कारहरु लगाइरह्दा परोहा नगरपालिकाले करमा छुट गरेको छ l नगरपालिका बाट हुने सिफारिश र कामहरु बापत नगरपालिकाले लिदै आएको कर अब देखि नलिने सो नगरपालिकाले जनाएको छ l देशका कतिपय स्थानीय तहहरुले मनमानी ढंगले जनतालाई प्रत्यक्ष असर पर्ने कारहरु लगाई रहदा परोहा नगरपालिकाको कर छुटक निर्णय अरु नगरपालिकाको लागि पनि सिकाइ हुनसक्ने स्थानियबासिहरुको भनाइ रहेको छ l

आफ्नो कार्यकालको पहिलो बर्ष निकै मेहनतका साथ् काम गरेका परोहा नगरपालिकाले करमा गरेकोक छुटलाई स्थानीयवासीले सकारात्मक रूममा लिएको छ l यता परोहा नगरपालिकाको मेयर शेख वकिलले चुनावको बेला आफुले जनतासंग गरेको बाचाहरु नबिर्सने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ l परोहा नगरपालिका पहिलो बर्ष निकै ब्यबस्थित ढंगले आफ्ना कामहरु अगाडी बढाएको थियो l

Recommended For You

Leave a Reply