गर्मीका कारण विद्यालय विहान सँचालन गर्ने निर्णय

राम विश्वास मुखिया

रौतहट भद्र ४
तराईमा गएको केही दिन देखि एकासी बढदै गएको गर्मीका कारण रौतहटका गौर र राजदेवी नगरपालि क्षेत्र भित्रका सामुदायिक विद्यालयहरु विहान सँचालन गर्ने निर्णय गरिएको छ । विहान देखि चर्को घाम लाग्ने र दिन भरी गर्मीले जनजीवन अस्तव्यस्त हुन थालेपछि विद्यालय विहान साढे ६ वजे देखि सँचालन गर्ने निर्णय गरिएको हो । र।जदेवी नगरपालिकाको प्रमुख धिरेन्द्र कुमार सिँहको अध्यक्षमा बसेको प्रधानाध्यापक सहितको बैठकले विद्यार्थीको स्वास्थ्यमा गर्मीले प्रभाव पारेको भन्दै भोली देखि विहान साढे ६ वजे देखि साढे ११ बजे सम्म विद्यालय सँचालन गर्ने निर्णय भएको बैठकमा सहभागी मा वि ब्रहम्पुरीका प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले बताउनु भयो । बैठकले आउदो भदौ २४ गते देखि नगरभरीमा पहिलो त्रैमासिक परिक्षा सँचालन गर्ने समेत निर्णय गरेको हो । नगरपालिका भरीका सामुदायिक विद्यालयका शैक्षिक अवस्थामा बारेमा पनि बैठकमा छलफल भएको हो । नगर शिक्षा योजनाले बुझाएको शैक्षिक सुधार सम्वन्धी प्रतिवेदनमाथी ब्यापक छलफल गरिएको हो । मेयर सिहले नगर शिक्षाको योजनालाई आफूले कम्रिक रुपमा कार्यावयन गर्दै लैजाने प्रतिवदता जनाउनु भयो । बैठकमा राजदेवी नगरपालिकाको ःश्रोत व्यतmी विजय कुमार सिह र प्रधानाध्यापकहरुका सहभागिता रहेको थियो । हिजो मात्र गौर नगरपालिकाले पनि नगरभित्रका विद्यालयहरु विहान सँचालन गर्ने निर्णय गरेको थियो । गर्मीका कारण रौतटहबासीको जनजीवन कष्टकर बनेको छ । रौतहटको सदरमुकाम गौर, गरुडा कटहरिया, चपुर लगायतको बजारमा गर्मीले चहलपहलमा कमी आएको देखिन्छ ।

Recommended For You

Leave a Reply