स्थानीय सरकारको अभ्यास गर्दै रौतहटका स्थानीय तहहरु , बकर इदको अवसरमा गौर र देवाहिले बिदा दिने

रौतहट , भदौ ५
स्थानीय तहको रूपमा रहेका रौतहटका पालिकाहरुले स्थानीय सरकारको अभ्यास सुरु गरेका छन् l
रौतहटमा रहेका गौर नगरपालिका र देवाही गोनाही नगरपालिकाले मुस्लिमहरुको महान पर्ब इद उल
अजहा बकर इदको अवसरमा आ आफ्नो नगर क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय गर्दै स्थानीय सरकारको अभ्यास सुरु गरेका हुन् l गौर र देवाही गोनाही नगरपालिकाले बकर इदको पहिलो दिन बुधवारका दिन नगरपालिका कार्यालय , वडा कार्यालयहरु र बिसयगत कार्यालयहरुमा बिदा दिने निर्णय गरेको हो l बकर इदको पहिलो दिन बुधवार प्रदेश नम्बर २ ले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो l प्रदेश सरकारले बिदा दिने शैलीमा स्थानीय तहले पनि बिदा दिएको छ l गौर नगरपालिकाले प्रदेश सरकारको बिदा दिने निर्णयको स्वागत गर्दै आफ्नी क्षेत्रमा पनि बिदा दिने जनेकोक छ l संविधानले स्थानीय तहलाई स्थानीय सरकारकै रूपमा राखेपनि अधिकांश स्थानीय तहहरु प्रशासनिक केन्द्रकै रूपमा रही आएको देखिन्छ l इस्लाम धर्मालम्बीहरुको दोस्रो ठुलो पर्ब बकर इद बुधवार देखि ३ दिन सम्म मनाइदै छ l

Recommended For You

Leave a Reply