बकर इद अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

६ भदौ, मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेकाे छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।  इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र  मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम छ । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् ।

बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै अाइरहेकाे भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर अाज छुट्टी दिएका छन् ।

Recommended For You

Leave a Reply