भेनेजुएलामा भूकम्पको शक्तिशाली झट्का

बीबीसी

भेनेजुएलाको तटीय इलाकामा भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ  । राजधानी कराकासमा पनि धक्का महसुस गरिएपछि यहाँका भवन खाली गराइएको छ ।

भूकम्पको तीब्रता ७ म्याग्नेच्युड मापन गरिएको अमेरिकी भूगर्भ विभागले बताएको छ । यद्यपी, भेनेजुएलाका अधिकारीले भने भूकम्प ६.३ तीब्रताको भएको बताएका छन् ।

भूकम्पको केन्द्रविन्दू त्रिनिदाद र टोबागो आसपासको क्षेत्रमा भएको बताइएको छ ।

देशका गृहमन्त्री नेस्टर रेवेरोलका अनुसार भूकम्पको झट्का देशका विभिन्न भागमा महसुस गरिएको छ तर अहिलेसम्म यसको कुनै क्षतीबारे खबर आएको छैन ।

Recommended For You

Leave a Reply