राज्य मन्त्रि योगेन्द्र यादव सहितको नेताहरु द्वारा बागमती कटान क्षेत्रको अनुगमन

रौतहट . भदौ ६
प्रदेश नं २ का भूमि व्यवस्थापन तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादव सहितका नेता हरुले बागमती नदीले कटान गरि रहेका क्षेत्रहरुको अनुगमन गर्नु भएको छ l मन्त्रि योगेन्द्र यादव सहित रा ज पा नेता तथा बिधायक बाबुलाल साह समेतका नेताहरुले नदीले कटान गरिरहेको क्षेत्रको अनुगमन गर्दै यसलाई नियन्त्रण गर्न प्रयास गर्ने प्रतिबद्धता जानुभएको छ l स्थानीयले नियन्त्रणका लागि स्थानीय तरीका प्रयोग गर्दा पनि नियन्त्रण हुने सम्भावना नदेखिएकोले नियन्त्रणका लागि संघीय सरकारसमेतलाई चासो लिन उपप्रधानमंत्री मा.उपेन्द्र यादव ज्युलाई अाग्रह गर्ने मन्त्रि यादवले बताउनु भएको छ l पछिल्लो समय बागमती नदीले राजदेवी नगरपालिकाको वार्ड नम्बर ३ र ४ बसतपुर नज्दिकै कटानी तिव्र बनाए पछि स्थानीयवासी चिन्तित बनेकोछ l मन्त्रि यादव सहितको टोलीमा वार्ड सदस्य त्रय भाग्यनारायण साह , जयमंगल दास ,सनुप महतो लगायतका हरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply