गौर नगरपालिका भित्र शिव धाम मन्दिर को शिलान्यास

अमित ठाकुर।रौतहट।भाद्र ०८

रौतहट जिल्लाको सबै भन्दा जेठो नगरपालिकामा शिव धाम मन्दिरको शिलान्यास भएको छ। रौतहटको गौर नगरपालिकामा वडा नंबर १ मा रहेको पुरानो महादेव मन्दिर जिर्ण अवस्थामा पुगे पछि गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताको उपस्थितिमा वडा अध्यक्ष भरत साहले शिव धाम मन्दिरको शिलान्यास गरेको छ। जिर्ण अवस्थामा रहेको महादेव मन्दिर गौर नगरपालिका वडा नंबर १ का गंगा शर्माले बि.स १९९० सालमा बनाएको थियो। अहिलेको सो महादेव मन्दिरको पुरै पर्खाल भत्किने अवस्थामा पुगेका छन। बिगतमा अाएको शक्तिशाली भुकम्पमा सो मन्दिर जस्ताको त्यस्तै रहदा भगवान् शिवको बाँस रहेको स्थानीयले जनाएको छ। सो ठाउँमा एउटै शिवको मन्दिर भएको र सोही मन्दिरमा भगवान पार्वती र गणेशको मन्दिर रहदा अझ शक्तिशाली मन्दिर रहेको स्थानीयले जनाएको छ। अहिले महादेव मन्दिर धेरै पुरानो हुदा पनि भत्किने डर नमानि अहिले पनि स्थानीयले पुजा अर्चणा गर्ने गर्द छन। शिव घामको शिलान्यास हुँदा स्थानीयले खुशीयाली मनाउँन थालेका छन।निर्माण हुन गई रहेको शिव धाममा ५० लाख लगाउने वडा अध्यक्ष साहले जनाएको छ।

Recommended For You

Leave a Reply