रौतहटको लाल बकैयामा डुंगा डुब्यो , २ दर्जन यात्रु लापता

रौतहट , भदौ ९
रौतहटको टिकुलिआ बनजरहा घाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ ।करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा साँझ ७ बजे वारिपारी गर्ने क्रममा दुर्घटना भएको हो । सदरमुकाम गौर नजिकै रहेको लाल बकैया खोलामा डुंगा दुर्घटना हुँदा यो समाचार लेख्दा सम्म करिब २ दर्जन यात्रु हराईरहेको स्थानीयवासीले बताएको छ l
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार १५ जना प्रहरी सम्पर्कमा अाएका छन्। २५ जना हराइरहेका छन्। सीमावर्ती भारतीय सुरक्षाकर्मीलाई पनि भारतीय भुमिमा हराएकाहरुलार्इ खोजी गर्न आग्रह गरिएको छ।

डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनीसहित २२ जना खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिएका छन्।सशस्त्र प्रहरी बेस क्याम्पस अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालक प्रसाद साहले दिएको जानकारी सशस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ।प्रहरी प्रमुख ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। सयभन्दा सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ।

बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको हो। ढुंगा चालक सिंहले नागरिकलाई टेलिफोनमा बताएअनुसार ढुंगामा ४० जना जति सवार थिए। बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गर्दा करिब साँझ ७ बजेतिर लालबकैया नदीमा आएको बाढीको भेलले डुंगालाई पल्टायो। स्थानीय स्रोतको अनुसार नदीमा आएको बाढीको कारणले डुंगा बगाएको र लगतै नज्दिकै रहेको निर्माणाधीन पुलको पायामा ठक्कर दिदा दुर्घटना भएको हो l डुंगामा २ वटा साइकल थियो। घाँस काट्न आएका महिला पुरुष सवार थिए।

Recommended For You

Leave a Reply