बकैया पूल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन बिरुद्ध गौरमा प्रदर्शन

रौतहट , भदौ ११
निर्माणधिन पुल समयमा न बनेकोले डुंगा दुर्घटना भएको भन्दै पुल निर्माण गर्ने ठेक्का लिएका पप्पु कन्ट्रकशन विरगंज बिरुद्ध सोमबार सदरमुकाम गौरमा बिरोध प्रदर्शन भएको छ l निर्माण कम्पनीको लापरवाहीको कारण अनाहाक मा करिब आधा दर्जन सर्वसाधारण मारिएको भन्दै निर्माण कम्पनि माथि कारबाहीको मांग गर्दै बिरोध प्रदर्शन भएको हो l नेकपाका नेता शम्भुसाहको नेतृत्वमा नेकपा गौरका युवा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् । साथै प्रदर्शनकारी हरुले प्रमुख जिल्ला अधिकारि समक्ष ज्ञापन पत्र दिदै बिभिन्न मांगहरु अगाडी बढाएको छ l यसै बीच इश्नाथ नगरपालिका औरैयाका स्थानीवासीहरुले समेत बिरोध प्रदर्शन गरेको छ l स्थानीय नेताहरु राम बच्चन साह , अरुण साह ,गंगालाल राउत, प्रमोद राय यादव लगायतका हरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै निर्माण कम्पनि माथि कारवाहीको मांग गरेको छ l

Recommended For You

Leave a Reply