रौतहटमा डुङ्गा दुर्घटना छानबिन गर्न समिति गठन

१३ भदौ, रौतहट । गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत शनिबार बेलुकी ७ बजे डुङ्गा सवार यात्रीमध्ये पाँचको ज्यान गएको र २० जना उद्धारपछि घर फर्केका थिए । घटनाको सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीको संयोजकत्वको सो समितिमा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षक, नेपाल पत्रकार महासङ्घ रौतहट,  सडक डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका एकजना प्रतिनिधि रहनेछन् ।

डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म गौर नगरपालिका–४ का ६५ वर्षीया शान्तिदेवी साह, ओमप्रकाश चन्द्रवंशी, गौर नगरपालिका औरैया की ३५ वर्षीया रुनादेवी पटेलको शव फेला परेको छ ।

Recommended For You

Leave a Reply