प्रदेश २ मा लगानी गर्न मारबाडी समुदायलाई मुख्यमन्त्रीको आह्वान

१३ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मारबाडी समुदायलाई लगानीका लागि गर्न आह्वान गरेका छन् ।

सिरहाको लाहानमा आयोजित नेपाल राष्ट्रिय मारबाडी परिषदको १५ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि  मारवाडी समुदायको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रदेश सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न कदम चालिसकेको उल्लेख गर्दै उनले लगानी सुरक्षाको चिन्ता नगर्न आग्रहसमेत गरे ।

प्रदेश प्रहरी गठन भएलगत्तै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको मातहतमा आउने भएकाले उद्योगी व्यवसायीलाई सुरक्षाको पूर्ण ग्यारेन्टी दिइने मुख्यमन्त्री राउतले बताए ।

समृद्ध नेपाल सुखी नेपालीको सपना प्रदेश नं. २ को समृद्धिले मात्र पूरा हुने बताउँदै उनले प्रदेशको समृद्धिको लागि सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रदेशमा सञ्चालित बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा समेत सहयोग गर्न आह्वान गर्दै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण प्रमुख आवश्यकता रहेको बताए ।

Recommended For You

Leave a Reply