पत्रकार प्रेमचन्द्र झालाई मातृशाेक ,

राैतहट । भदाै १४ ।

राैतहट जिल्लामा विगत धेरै दिन देखि पत्रकारिता गर्दै अाउनु भएका पत्रकार प्रेमचन्द्र झालाई मातृशाेक परेकाे छ । नेपाल पत्रकार महासंघ राैतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झाकाे अामाकाे अाज उपचारकाे क्रममा निधन भएकाे हाे । राैतहट एफ एमका पुर्व समाचार प्रमुख समेत रहेका पत्रकार झाकाे अामा हिजाे एका एक बेहाेस भएर लड्नु भएकी थिईन । लडे पछि तत्काल नजिकका अस्पतालमा समान्य उपचार पछि विरगंजमा थप उपचारकाे लागि लगिएकाे थियाे ।अाज विहिवार विहान उपचारकाे क्रममा निधन भएकाे जानकारी प्राप्त भएकाे छ । बज्जिका पत्रकार संघ नेपाल र प्रेस फाेरम नेपाल राैतहटका सचिब चंचल कुमार झाले छुट्टाछुट्टै शाेकवक्तव्य निकालेर पत्रकार झाकाे ममतामयी अामाकाे निधनप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकसन्तप्त परिवारमा धैर्य धारणकाे कामना गरिएकाे छ ।

Recommended For You

Leave a Reply