महिला हिंशा सह्य छैन भन्दै रौतहटमा अधिकारकर्मीहरुको मौन प्रदर्शन

रौतहट , भदौ १४
देशै भरी महिला हिन्साको घटना बढोत्री भएको र ७ महिनाको सिशु देखि बृद्ध महिलाहरु माथी समेत बलात्कारको घटनाको हुन् थालेको भन्दै महिला हिंशाको बिरुद्ध रौतहट सदरमुकाम गौरमा ऐक्यवद्धता रैली निकालेको प्रदर्शन गरिएको छ । बिहिवार अधिकारकर्मी हरुले रौतहट सदरमुकाम गौरमा मुखमा कालो पट्टि बाधेर बिरोध प्रदर्शन गरेका हुन् l
महिला हिंशा विरुद्ध सरकार ढिलासुस्ती गरिरहेको र महिलालाई न्याय दिलाउन सरकार प्रतिबद्ध नभएकोले सरकारलाई महिला हिन्सा विरुद्ध सशक्त हुन दवाव स्वरुप आज पहिलो पटक यो सांकेतिक प्रदर्शन गरिएको र्यालीमा सहभागी गौर नगरपालिकाका कार्यवाहक मेयर किरण कुमारी ठाकुरले बताउनु भयो । महिला माथि कुनै पनि बहानामा हिंशा गर्ने र बलात्कारीलाई कडा भन्दा कडा छिटो भन्दा छिटो तरिकाले कारवाही गर्नु पर्ने समेत कार्यवाहक मेयर किरण कुमारी ठाकुरले बताईन । त्यस्तै, महिला हिन्सा रोकनु हामी सवैको कर्तव्य भएकोले सरकारलाई दवाद दिने उदेश्यले यो रैलि निकालिएको आयोजक संस्थाका आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ । राज्य महिला हिन्सा प्रति उदासिन भएकोले राज्यलाई अवगत गराउने उदेश्यले यो दवाव मुल सांकेतिक रैली भएको अध्यक्ष हुसैनले बताए । ग्रामिण बिकाश केन्द्र आर डी सी को आयोजना र अक्सफाम को सह्यॊगमा रौतहटमा संचालित महिला र बालिका बिरुद्ध हुने हिंशा अन्त्यको लागि अभियान परियोजना अनतर्गत सो प्रदर्शन गरिएको हो l प्रदर्शनमा गौर नगरपालिका लगायातका संघ संस्थाहरुको सहभागिता रहेको थियो l प्रदर्शनकारी अधिकारकर्मीहरुले मुखमा कालो पट्टि बाँधेको थियो l

Recommended For You

Leave a Reply