उपमेयर जयसवाल र कांग्रेसका शिर्ष नेताहरु बिच शिष्टाचार भेटवार्ता

रौतहट १४ संजय कुमार सहनी ।

रौतहटको गरुडा नगरपालिका की उपमेयर श्रीमती रंगीला देवी जयसवालले काग्रेंश सभापति सहित शिर्ष नेताहरुसंग शिष्टाचार भेटघाट गरेकी छिन् । बुधवार केन्द्रिय कार्यालयमा आयोजित अन्तर समवाद, चियापान तथा रात्री भोज कार्यक्रममा सहभागि हुने क्रममा उपमेयर जयसवालले सभापति शेरबहादुर देउवा सहित दर्जनौ शिर्ष नेतासंग भेटघाट गरेकी हुन् । उपमेयर जयसवालले सभापति देउवा, उपसभापति रामचन्द्र पौडेल सहित विमलेन्द्र निधी, शेखर कोईराला, रामा शरण महत्त सहित दर्जनौ शिर्ष नेताहरु संग भेटघाट गरी रौतहटको राजनितिक अवस्था नगरको न्याय सम्पादनमा देखिएको चुनौती तथा प्रगति, काम गर्दा बखतको जटिलता र विध्यमान समस्या बारे अवगत गराउदै सामाधान बारे छलफल सल्लाह गरेकी सामाचार स्रोतले जनाएको छ । जिल्ला मै जनताको भावना अनूकुल विभिन्न समस्याको सामाधान र जनमूखी सेवा गर्दैै अघि बढदै आएकी उपमेयर जयसवाल पछिल्लो समय नगर विकास बारे गम्भीर चासो लिदै राजनितीक भेटघाट लाई तिव्र रुपमा अघि बढाएकी छिन् । नेपाली काग्रेंशबाट विजयी भएकी उपमेयर जयसवाल पहिले देखि नै महिलाहरुको शिक्षामा जोड दिने, भ्रष्टाचारको विरुद्घमा अवाज उठाउने महिला हिंसा न्यूनीकरणको लागि पहल गर्ने तथा सामाजिक विकृती विसंगतीलाई रोक्न अहो रात्र खट्ने एक कुशल महिला सामाजसेवीको रुपमा परिचति छिन् । उहाँको यो राजनीतिक भेटघाटले गरुडा नगरपालिकाको विकासमा टेवा पुग्ने देखिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका की उपमेयर हरि प्रभा खडकी सहित दर्जनौ उपमेयरको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply