नगरपालिका संघको नेतृत्व चुनियो , रौतहट बाट अजय गुप्ता सर्वसम्मत

रौतहट , भदौ १४
देश भरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ l राजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै सकेको हो l समितिमा रौतहटबाट गौर नगरपालिकाका मेयर अजय गुप्ता कार्य समिति सदस्यको रूपमा छानिनु भएको हो l राष्ट्रिय जनता पार्टी रा ज पा को तर्फबाट मेयर गुप्ता चुनि भएको हो l यस्तै कांग्रेसको तर्फ बाट गरुडा नगरपालिकाका उपमेयर रंगिला देवी जैसवाल र मौलापुर नगरपालिका के मेयर रिना साह सदस्यमा निर्वाचित हुनु भएको हो l समिति मा रा ज पा क तर्फ बाट उप महासचिबमा जनकपुर उपमहानगरपालिका का मेयर लाल किशोर साह चुनिनु भएको हो l यसै बीच नगरपालिका संघको कार्य समिति सदस्यको रूपमा निर्वाचित भएपछि आफ्नो प्रतिक्रिया दिदै गौर नगरपालिका क मेयर अजय गुप्ताले आफु निर्वाचित भए पछि गौर नगरपालिकाको बिकाशको क्षेत्रमा निकै सेवा पुग्ने बिस्वाश ब्यक्त गर्नु भएको छ l नगरपालिका संघ वकालत गर्ने एउटा सशक्त मंच भएको भन्दै वहाले आफुले गौर नगरपालिका भित्र बिकाश गर्न यस मंचको भरपूर उपयोग गर्ने बताउनु भएको छ l धुलिखेल नगरपालिकाका मेयर श्रेष्ठका अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिका नुवाकोटकी उपप्रमुख कविता ढुङ्गाना, महासचिवमा निलकण्ठ नगरपालिका धादिङका प्रमुख भिमप्रसाद ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ चयन भएकी हुन् ।अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष नेकपाबाट चयन भएका हुन् भने कांग्रेसबाट महासचिव र सहकोषाध्यक्ष छनोट भएका हुन् । संघको विधानअनुसार सहमतिमा पदाधिकारीसहित सदस्य बाडफाँड गरिएको हो ।
राजधानीको राष्ट्रियसभा गृहमा सम्पन्न अधिवेशनको प्रधानमन्त्री केपी ओलीले गत बुधबार उद्घाटन गरेका थिए ।

Recommended For You

Leave a Reply