राजदेवी नगरपालिकाका वार्ड सदस्य राउतको निधन

रौतहट , भदौ १५
रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ३ बसतपुर बाट वार्ड सदस्यमा निर्वाचित रा ज पा का स्थानीय नेता नन्हिपत राउतको करेन्ट लागेर भएको असामयिक निधन प्रति रा ज पा रौतहटका संयोजक शेख जमशैद शोक ब्यक्त गर्नु भएको छ l एक प्रेस बिज्ञप्ति जारि गर्दै नेता जमशैदले पार्टीको एक जुझारु नेता गुमाउदा सिंगो पार्टीनै मर्माहत भएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ l साथै शोकाकुल परिवारलाइ धैर्य धारणको कामना गरिएको छ l यसै बीच शुक्रबार नै रा ज पा का नेताहरु मृतक को पार्थिव शरीरमा रा ज पा को झण्डा ओढाई अन्तिम श्रद्दान्जली अर्पण गरेको छ l गौर नगरपालिका उप मेयर किरण ठाकुर , रा ज पा नेता शेख जमशैद , राकेश झा , श्याम सुन्दर पटेल ,लगायतका नेताहरु मृतकको घरमा गइ श्रदान्जली अर्पण गर्नु भएको हो l
मृतक नहिपत राउतको शुक्रबार खेतमा पानि पताउने क्रममा मोटरमा करेन्ट लागि मृत्यु भएको थियो l

Recommended For You

Leave a Reply