संगठन निर्माणमा फोरम , महिला फोरम रौतहटको गठन

रौतहट , भदौ १९
संघिय समाजवादी फोरम नेपाल रौतहट आफ्नो संगठन बिस्तार अभियानलाइ तीव्रता दिएको छ l सोहि क्रममा मंगलवार एक कार्यक्रमको बीच संघिय समाजवादी फोरम नेपाल को भात्री संगठन महिला फोरम जिल्ला कार्य समितिको निर्बिरोध चयन भएको छ l पार्टीले आयोजना गरेको एक भब्य कार्यक्रमको बीच उक्त समितिको गठन गरिएको हो l
समितिको अध्यक्षमा महिला नेत्री शोभा साह निर्बिरोध चुनिनुभएको हो l
संघिय महिला फोरम जिल्ला अध्यक्ष शोभा देबी साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रौतहट क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य राम किशोर यादव तथा पूर्व सासंद एवं प्रदेश महिला संयोजक उर्मिला देवी साह र केन्द्रिय सदस्य एवं पूर्व संसद बबन सिंह लगायतकाहरुको उपस्थिति रहेको थियो l
भेलाबाट प्रदेश समिति गठनका लागि रौतहट निर्वाचन क्षेत्र नं. १ वाट पुनम कुमारी यादव, अर्चना यादव, निर्वाचन क्षेत्र नं. २ वाट शोभा सिंह, निर्वाचन क्षेत्र नं. ३ सुसिला देवी तथा निर्वाचन क्षेत्र नं. ४ वाट सदफ सहनाज सर्वसहमतीबाट चयन गरिएका छन् । शोभा देवी साहको अध्यक्षतामा ३९ सदसिय संघिय समाजवादी महिला फोरम नेपाल जिल्ला समिति रौतहटको बिस्तार गर्ने कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा प्रदेश महिला सदस्य बिन्दु यादव, निर्मला यादव, पूर्व माननिय राम्भा देवी यादव, प्रदेश सदस्य बृज किशोर यादव, किरण साह, जिल्ला समन्वय मिति रौतहटका उपप्रमुख रामबष्ठि यादव, जिल्ला कमिटि उपाध्यक्ष श्याम विहारी यादव, जिल्ला सदस्य शेख असदुलाह, विरेन्द्र पटेल, पूर्व उपसभापती विन्देश्वर यादव, संधिय प्रेस फोरमका अध्यक्ष किशोरी यादव, शिक्षक फोरमका अध्यक्ष कामेश्वर यादव, विधार्थी फोरमका अध्यक्ष प्रकाश भाई मधेशीया, महिला संजालका अध्यक्ष अमब्या खातुन, गौर नगरपालिकाका मेयर प्रत्यासी अर्चना यादव लगायत संधिय समाजवादी फोरम नेपालका नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।

Recommended For You

Leave a Reply