कांग्रेस नेता शेख इद्रिशलाई मरणोपरान्त ‘महाउज्ज्वल राष्ट्रदीप’ सम्मान

२०७५ भाद्र १९, मंगलवार
काठमाडौँ– कांग्रेस नेता शेख इद्रिशलाई मरणेपरान्त ‘महाउज्ज्वल राष्ट्रदीप’ सम्मानले पुरस्किृत गरिएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएसंगै स्व. इद्रिशलाई पनि सम्मान गरिएको हो ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्व शेख इद्रिस (रौतहट)लाई ‘महाउज्ज्वल राष्ट्रदीप’ले विभूषित गरेकी छन् । समारोहमा इद्रिसका तर्फबाट उनका छोरा तथा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमले विभूषण ग्रहण गरेका थिए । पूर्वमन्त्री समेत रहेका इद्रिश वि.सं २०१५ सालमा विपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद भएका थिए ।

Recommended For You

Leave a Reply