महिला र बालबालिकाको सुरक्षा गर्नु सबैको दायित्व हो – प्र जी अ रिजाल

रौतहट ,भदौ २२
रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले महिला तथा बाल बालिकाको सुरक्षा गर्नु पर्ने सबैको दायित्व रहेको बताउनु भएको छ l जिल्ला प्रहरी कार्यालय गौरले सदरमुकाम गौरको सिया पैलेसमा आयोजना गरेको ” महिला र बाल बालिका माथि हुने हिंशा न्युनिकराना सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया ” कार्यक्रम लाइ प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले नेपालको संबिधान र ऎन कानुनले समेत महिला र बाल बालिकाको पूर्ण सुरक्षाको ग्यारन्टी गरेकोले राज्य महिला हिंशा बिरुद्ध शुन्य सहनशीलता अपनाएको बताउनु भएको छ l

पच्छिलो समयमा देश भरि बढ्दै गैरहेको हिंशा जान्या गतिबिधि प्रति चिन्ता जनाउदै वहाले रौतहट प्रसाशनले लैंगिक हिंशा सम्बन्धि आउने उजुरीहरु माथि गम्भीर भएर काम गरि रहेको बताउनु भएको छ l यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका उपमेयर एबम महिला अधिकारकर्मी किरण ठाकुरले नया नेपाल सहितामा महिला हिंशा बिरुद्ध भएको कानुनि प्राबधान सकारत्मक रहेको बताउनु भएकोछ l

कार्यक्रमलाइ सम्बोधन गर्दै आयोजक संस्था ग्रामिण बिकाश केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले सामाजिक क्रान्तिको आवस्यकता रहेको बताउनु भएको छ l रौतहटमा रहेका बाल बिबाह , दाइजो प्रथा लगाएतका सामाजिक अपराधहरुलाई न्यूनीकरण गर्न नसके देश बिकाश हुन् नसक्ने बताउनु भएको छ l

कार्यक्रममा स्थानिय तहका  निर्वाचित प्रतिनिधि , सुरक्षा  िनकायका प्रतिनिधि, पत्रकार लगायतकाहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा जिल्ला न्याधिवक्ताले  नया साहिताले व्यबस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गारनुभएकाे  थियाे । कार्यक्रम  अार डि सि नेपाल ,अक्सफाम , युएनडिपिकाे सहकार्यमा सम्पन्न भएकाे  थियाे ।

Recommended For You

Leave a Reply