मन्त्री पण्डितकर्मचारीको पीडा महसुस गर्छु तर खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छः मन्त्री पण्डित

२२ भदौ, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा अनुभूति गर्ने गरेको बताएका छन् । तर, कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको मन्त्री पण्तिले बताए ।

निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति खराब हो ।

उनले सबै क्षेत्रमा सबै कर्मचारीको भूमिका हुने भन्दै कर्मचारीले हाँसी खुसी जिम्मेवारी लिन नसके देश र जनताका लागि धोका हुने बताए ।

मन्त्री पण्डितले कर्माचारी समायोजनका क्रममा सेवा सुबिधा कम भयो, म जान्न भन्ने कुरा नगर्न कर्मचारीहरूलार्इ अग्रह गरे । ‘सजिलो काम अरुलाई दिने रे अरु भनेको को रु यति सेवा सुबिधामा म त्यहाँ जान्छु त रु यस्ता कुरा गर्न भएन । मुलुक जति समृद्ध भयो त्यति नै बढी सेवा सुबिधा पाइन्छ ।’ उनले भने ।

मुलुक संघीयतामा गएकोले कर्मचारीमा पनि जिम्मेवारी थपिएको भन्दै मन्त्री पण्डितले सुखी नेपाली समृद्ध नेपाल बनाउन कट्टिबद्ध भएर लाग्न कमर्चारीलार्इ निर्देशनसमेत दिएका छन् ।

अहिले केही कर्मचारी कम भएको तर भएकैबाट अपेक्षित परिणाम आउन नसकेको बताए । कर्मचारीले परिमाणमुखी काम गर्नेगरी जिम्मेवारी बहन गर्नुको विकल्प नभएको मन्त्री पण्डितको भनाइ छ ।

Recommended For You

Leave a Reply