अपडेट : एल्टिच्यूड एयरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त (यात्रुको नामावलीसहित)

ठमाडौं– गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो  हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले  जानकारी दिए ।

उनका अनुसार ९ एन ए एल एच  कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

यसैगरी एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले  रेस्क्युका लागि  टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।

इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।

यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।

‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ,’ उनले भने, ‘हेलिकप्टर फेला परिसकेको अवस्था छैन ।

Recommended For You

Leave a Reply