एसिड पिडित दिदि बहिनिको उपचारमा समस्या , उपचारको लागि ९५ हजार संकलन


रौतहट , भदौ २८

दुईदिन अघि तेजाब आक्रमणमा परि घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका ६ का दिदीबहिनीको उपचारार्थ समस्या भएको छ l आर्थिक अभावमा उनीहरुको उपचारमा समस्या भएको पारिवारिक स्रोतले जनाएको छ l काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना रहेकी दिदि बहिनीको उपचारको लागि भन्दै केहि सहयोग जुट्न थाल्दापनि त्यो पर्याप्त हुन् सकेको छैन । तेजाब आक्रमणबाट गम्भीर घाइते १८ वर्षीया दिदी सम्झना दास र १५ वर्षीया बहिनी सुस्मिता दासको उपचारका लागि अहिलेसम्म ९५ हजार संकलन भएको हो ।

घाइते बालिकाका बुबा जादोलाल दासका अनुसार रौतहटस्थित गैह्रसरकारी संस्था ग्रामिण विकास केन्द्र (आरडिसी) बाट २५ हजार रुपैयाँ, रौतहट चन्द्रपुर ६ का विष्णु शाहबाट ५० हजार रुपैयाँ र काठमाडौं जोरपाटीस्थित शक्ति समूहबाट २० हजार सहयोग प्राप्त भएको छ ।
घाइते दिदीबहिनीहरुको काठमाडौं किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सम्झनाको अवस्था गम्भीर छ । उनको सघन उपचार कक्षामा उपचार भइरहेको छ । उनको टाउको र अनुहारको धेरै बाहिरी भाग तेजाबले जलेको छ ।
तेजाबले देब्रे हातको बाहिरी भाग जलेकी बहिनी सुस्मिता (१५)लाई भने वार्डमा राखि उपचार गरिरहिएको छ ।बै दिदीबहिनीलाई यही मंगलबार घरमा सुतिराखेको अवस्थामा मध्य रातमा अपरचित व्यक्तिले तेजाब छार्किएका थिए ।
बहिनीको दाईने हात, गालामा तेजाब परेको थियो । दिदीको भने टाउको, छातिमा तेजाब परेको थियो । घटनामा संलग्नको खोजी कार्य तिव्र भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले महिला खबरलाई जानकारी दिए । यसी बीच रौतहटमा क्रियाशील गैह्रसरकारी संस्था ग्रामिण विकास केन्द्र (आरडिसी) ले बिहिवार एक प्रेस बिज्ञप्ति जारि गर्दै घटनाको दोसिलाई अबिलम्ब कारवाही गर्नु पर्ने मांग गरेको छ l आर डी सी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले एक प्रेस बिज्ञप्ति जारि गर्दै घटनालाई मानवता बिरुद्धको प्रहार रहेको बताएको छ l साथै घटनाको दोषीलाई पक्राउ गरि पिडितको उपचारको ब्यबस्था मिलाउन मांग गरिएको छ l

Recommended For You

Leave a Reply