रौतहटमा चोरी सुरु प्रहरीलाई चुनौती दिदै चोरहरु।

अमित ठाकुर।

रौतहट भाद्र २९ ।

रौतहट जिल्लाको गौरमा गएराति लाखौंको रुपैयाँको साथ-साथै समानहरु चोर समुहले चोरी गरेका छन। बिहिवार राति समयमा लुटेराहरुको समूहद्धारा गौर नगरपालिका वडा नंबर ५ मा रहेको राज किराना पसल बाट २ लाख ५० हजार नगद सहित किरानाका समानहरु चोरले चोरी गरेका छन। रवी जेनरल स्टोरको दक्षिण तर्फ किराना पसल थापेको गौर नगरपालिका ७ का उमासंकर साहको पसलबाट नगद सहित समानहरु चोरले चोरी गरेका छन।चोरी भएको पसलबाट १ सय मिटरको दुरीमा नेपाल प्रहरीको डिउटी रहदा पनि चोरले प्रहरीलाई चुनौती दिदै चोरी गरेका छन। चोरी भएको ठाउँमा प्रहरीको अनुसन्धान एकदमै सुस्त देखिएको पसल संचालक साहले जनाएको छ। साहले सो पैसा जमिन रस्टरी गराउनका लागि राखेको थियो। तर चोर समुहलाई सुराकी लागेपछि मेरो पसलमा चोरी भएको हो । चोरी चाहिँ स्थानीय केही ब्यक्तिले नै ताल्चा काटी चोरी गरेको पसलेले जनाएको छ। रौतहटको गौरमा प्रहरीले यति कडाइ गर्दा गर्दै पनि चोरले चोरी गरेका छन। प्रहरीको डिउटी रहदा पनि चोरी कसरी भो स्थानीयले प्रशन उठाउन थालेका छन।केही दिन देखि गौरमा चोरी न्यून भएपनि अहिले चोरी फेरि सुरु भएको देखिएका छन।

Recommended For You

Leave a Reply