डुंगा दुर्घटनाका मृतकका आफन्तलाई गौर नगरपालिकाको सहयोग , १ लाख २५ हजारको दरले रकम वितरण

रौतहट , भदौ २९
रौतहट सदरमुकाम गौरको टिकुलिया घाटमा भएको डुंगा दुर्घटनामा परि ज्यान गुमाउनेहरुको परिवारलाइ गौर नगरपालिकाले सहयोग उपलब्ध गराएको छ l गौर नगरपालिकाले यस अघि नै घोषणा गरेको अनुसार प्रति परिवार रु १ लाख २५ हजारको दरले राहत रकम उपलब्ध गराएको हो l गौर नगरपालिकाका मेयर अजय गुप्त , उपमेयर किरण ठाकुर , प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की लगायतका हरुले संयुक्त रूपमा राहत रकम उपलब्ध गराएको हो l शुक्रबार नगरपालिका सभा कक्षमा मृतकका परिवारका सदस्यहरुलाई बोलाइ सो रकम उपलब्ध गराइएको हो ल्सो क्रममा गौर नगरपालिका वार्ड नम्बर ४ टिकुलिया बस्ने किशोरी चनौ , राजदेब राय कुर्मी , सित कुमारी देवी र राम बाबु साह लाइ छुटा छुटै रूपमा सहयोग प्रदान गरिएको हो l सदरमुकाम गौरको टिकुलिया घाटमा गत भदौ ९ गते बेलुका औरिया तिर बाट डुंगा गौर तिर आउदै गर्दा पानीको बहाव अचानक बढेपछि दुर्घटनाग्रस्त भएको थियो l दुर्घटनामा परि ५ जना को ज्यान गएको थियो l

Recommended For You

Leave a Reply