निर्मलाका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार काठमाडौंमा प्रदर्शन भइरहेको छ।

निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।

‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन स्वत: स्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो।

प्रदर्शनकारीले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारीलगायतका प्लेकार्ड बोकेर विरोध जनाइरहेका छन्।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरू भएको हो ।

दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शन भइरहेको हो।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।

घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

यता, शुक्रबार संघीय संसदमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले हत्याका दोषी छिट्टै कानूनी  कठघरामा आउने जानकारी दिएका थिए।

यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो।

देशभरका १९ ठाउँमा प्रदर्शन भइसकेको छ भने बाँकी ७ ठाउँमा आज दिउँसो ३ बजेपछि हुनेछ।

https://setopati.com/uploads/shares/समाज/birod/pradarshan (1).jpg

Recommended For You

Leave a Reply