रौतहटमा डुबेर २ जनाको ज्यान गयो

रामविश्वास मुखिया रौतहट ३० भदौ ।
रौतहटमा छुटाछुटै नदीमा डुबेर दुई जनाको ज्यान गएको छ । रौतहटको लमहा र झाझ नदीमा ड्ुबेर एक किशोरी र एक युवाको ज्यान गएको छ । जिल्लाको यामुना माई गाउँपालिका वडा नं २ निवासी लालबिहारी साहकी १३ बर्षीया छोरी रुनी कुमारी साहको डुबेर मृत्यु भएको हो । गाउँकै पश्चिम तर्पm रहेको लमहा नदीमा आज दिउँसो सवाँ १२ बजे नुहाउने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस्तै हिजो नुहाउने क्रममा वेपता भएको एक जना युवाको शनिवार दिउँसो शव फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ४ मानपुर विशुनपुर्वाका २१ बर्षको विकाउ मुखिया बिनको शव फेला परेको हो । शुक्रवार दिउँसो झाझ नदीमा नुहाउन गएका विकाउ झाझ नदीमा डुबेर वेपता हुनु भएको थियो । स्थनीय छठ घाटमा डुबेर वेपता भएका विकाउलाई शनिवार दिउँसो सवा ४ बजे मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Recommended For You

Leave a Reply