रा ज पा रौतहटले अशोज ३ गते कालो दिवस मनाउने

रौतहट , भदौ ३०
नेपालको संबिधान प्रति अशन्तुष्टी जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले संबिधान जारी भएको दिन अशोज ३ गते कालो दिन मनाउने भएको छ l सो पार्टीको आइतवार पार्टी कार्यालय गौरमा बसेको बैठकले अशोज ३ गते ब्लक आउट सहितको बिरोधको कार्यक्रम गर्ने निर्णय गरेको हो l बैठक पछि रा ज पा रौतहट का अध्यक्ष मण्डलका संयोजक शेख जम्शैदले एक प्रेस बिज्ञप्ति जारि गर्दै अशोज ३ गते का दिन हुने बिरोधका कार्यक्रमहरुमा सहभागी हुन् आम नगरवासीलाई आग्रह गर्नुभएको छ l अशोज ३ गते हुने बिरोध प्रदर्शन तथा बिरोध सभामा सहभागी हुन् र बेलुका ७ बजे १५ मिनेटको लागि बती निभाएर ब्लक आउट गर्न अपिल गरिएको छ l यस अघि रा ज पा ले देश भरि सर्कुलर जारि गर्दै मदेश भरि ब्लक आउट सहितका बिरोधका कार्यक्रमहरु गर्न निर्देशन जारि गरेको थियो l सोहि क्रममा आइतवार पार्टीको बैठक बसेको थियो l बैठकमा राज्य मन्त्रि डिम्पल झा , प्रदेश सांसद बाबुलाल साह , गौर नगरपालिकाका मेयर अजय गुप्ता , उप मेयर किरण ठाकुर , नेताहरु अनिल सिंह , शेख जम्शैद , राम प्रवेश बैठा , लिला साह , धिरज पटेल लगायातका हरुको उपस्थिति रहेको थियो l

Recommended For You

Leave a Reply